प्रदेश २ का प्रमुख राजेश झा सधै गेरुवस्त्रमा देखिन्छन् । उनले प्रदेश प्रमुखको कार्यालयमा पृथ्वीनारायण शाहको ठूलो तस्बिर राखेका छन् । यतिमात्र नभई कुर्सीमा ‘रामनामी’ राखेका छन् ।
राजेश अहिराजका नामले परिचित प्रदेश २ का प्रमुख झाले कुर्सीमा रामनामी सल राखेको चासोको विषय बनेको छ । उनी धर्मको विषयमा गम्भीर रहेको विषय पहिले देखि नै उठ्दै आएको थियो ।
राजेश झा मात्र नभई मधेशका कतिपय नेता गेरु वस्त्रमा देखिन थालेका छन् । महन्थ ठाकुर सधै गेरुवस्त्रमा देखिन्छन् । राजकिशोर झा पनि मन्त्री बन्दा गेरुवस्त्रमा देखिएका थिए ।
देशको राजनीतिमा धर्मको मुद्दाले प्रवेश पाइरहँदा यी घटनाहरु विकास भइरहेका छन् । यसलाई अर्थपूर्ण मानिएको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।