शनिबार, साउन ३० २०८३
ताजा अपडेट

महानगरको नीति तथा कार्यक्रम बिना छलफल पेलेर ल्याउन खोजियो : काँग्रेस जनप्रतिनिधिहरु का.म.न.पा


  • आइतबार, असार ६ २०७८
14.7K
SHARES

फाइल तस्विर

काठमाडौँ महानगरपालिकाको आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रममा नेपाली काँग्रेसका जनप्रतिनिधिहरुले एकलौटी रूपमा आफूहरू सँग छलफलनै नगरी पेलेर ल्याउन खोजिएको आरोप लगाएका छन् ।

दुई दिनको नगर बैठक बहिस्कार गर्दै पूर्व कार्य तालिका अवरुद्ध गरेका काँग्रेसका स्थानीय जनप्रतिनिधि हरुले आफ्ना धारण समेत सार्वजनिक गरेका छन् ।

विगत वर्षहरू देखीनै वार्षिक नीति तथा कार्यक्रम बनाई रहँदा एकलौटी ढङ्गबाट नीति तथा कार्यक्रम तयार गरी स्वीकृत गर्ने गरिएको नगर उपप्रमुख समेत रहेकी हरीप्रभा खड्गीको आरोप छ ।

स्थानीयवासीको चाहना र आवश्यकता अनुकूल हुनु पर्नेमा एक पक्षीय पृष्ठपोषण गर्ने खालका र राजनैतिक दाउपेचमा निर्देशित रही निर्माण गर्ने गरिएको काँग्रेस जनप्रतिनिधिहरू को बुझाई छ ।

अहिले नीति तथा कार्यक्रमले सकारात्मक परिवर्तनको प्रत्याभूति आम जनमानसले गर्न नसकेको र एकलौटी तवरबाट ल्याएको नीति तथा कार्यक्रम प्रति आपत्ति जनाएको उपप्रमुख हरीप्रभा खड्गी बताउछीन् ।

कोभिड महामारीले आक्रान्त भएका नगरवासीहरू लाई जीवन रक्षाका ठोस कार्यक्रमहरू प्रस्तुत नगरीकन, बिना छलफल ल्याएको नीति तथा कार्यक्रममा हाम्रो गम्भीर चासो रहेको र हामीले सोही अनुसार ध्यानाकर्षण गरेको समेत खड्गीले बत्ताइन ।

काठमाडौँ महानगरका काँग्रेस जनप्रतिनिधिहरूको धारणा जस्ताको तस्तै :


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा