शनिबार, साउन ९ २०८३
ताजा अपडेट

लुम्बिनी प्रदेशसभाको बैठक विपक्षी गठबन्धनद्वारा बहिस्कार


  • आइतबार, असार ६ २०७८
6.3K
SHARES

फाइल तस्विर

लुम्बिनी प्रदेशसभाको आइतबार बसेको बैठक विपक्षी गठबन्धनले बहिस्कार गरेका छन् ।

अल्पमत परेको सरकारले ल्याएको बजेट पास हुन नदिने भन्दै विपक्षी गठबन्धनमा आवद्ध दलहरुले बैठक बहिस्कार गरेका हुन् ।

असार १ गते लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०७८/०७९ को बजेट प्रस्तुत गरेको थियो ।

तर, आज बैठक सुरु हुनासाथ विपक्षी दल नेपाली काँग्रेसका वीरेन्द्र कनौडियाले सरकार अल्पमतमा परेको भन्दै त्यस्तो सरकारले ल्याएको बजेट पास हुन नदिने बताएपछि काँग्रेस, माओवादी र जसपा सांसदहरु बैठकबाट हिँडेका थिए ।

आय व्ययको छलफल भएपछि आजै विनियोजन विधेयक पेश हुने कार्यसूची रहेको थियो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा