शनिबार, साउन ९ २०८३
ताजा अपडेट

सेयर बजारमा उच्च अंककाे गिरावट, करिब १२ अर्बकाे काराेबार


  • आइतबार, असार ६ २०७८
11.7K
SHARES

फाइल तस्बिर

साताको पहिलो दिन आइतबार सेयर बजारमा पहिरो (ठूलो अंकको गिरावट) आएको छ । कारोबार सुरु भएको केहि मिनेटसम्म उकालो लागेको सेयर कारोबार मापक नेप्से परिसूचक बजार बन्दा हुँदा उच्च अंकको गिरावट देखियो ।

३ हजार माथि पुगेर रेकर्ड बनाएको नेप्से परिसूचक आइतबार २ हजार ९ सय ५ मा राेकिएकाे छ । नेप्सेमा कारोबार हुने अधिकांक कम्पनीहरुको सेयर मूल्य घटेर बजार समूहगत सवइन्डेक्सहरु सबै राताम्मे देखिएका छन् ।

नेप्से परिसूचक ६३ दशमलव २८ अंकले घटेर २ हजार ९  सय ०५ दशमलव  ३२ अंकमा झरेकाे छ । नेप्से परिसूचक ठूलाे अंकले घट्दा काराेबार रकम भने यस अघिकाे काराेबार भन्दा थाेरै सुधारिएकाे छ । गत बिहीबार ११ अर्ब भन्दाकमकाे काराेबार भएकाेमा आइतबार भने करिब १२ अर्बकाे काराेबार भएकाे छ ।

दिनभर भएका १ लाख २८ हजार २ सय ८१ काराेबारबाट २३० कम्पनीकाे २ कराेड ७३ लाख ४४ हजार ५ सय कित्ता सेयर सेयर किनबेच भएका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा