महाकाली नदीमा पानीको बहाव ८ वर्ष यताकै उच्च विन्दुमा पुगेको छ ।
पानीको बहाव बढेसँगै आएको बाढीले कञ्चनपुरमा निर्माणाधीन अवस्थामा रहेको मोटेरेवल पुलको बाँध बगाएको छ ।
भीमदत्त नगरपालिका–१२ ओदालीस्थित महाकाली नदीमा निर्माण भइरहेको पक्की पुलको करीब ९० मिटर अस्थायी बाँध बाढीले बगाएको हो ।
त्यसैगरी दोधरा–चाँदनी र भीमदत्त नगरपालिकाका बस्तीहरुसमेत डुवानमा परेका छन् ।
महाकाली नदीमा पानीको बहावसँगै जोगबुढा खोला थुनिँदा दोधरा–चाँदनी नगरपालिकास्थित कुतियाकबर र शान्ति टोलका घरहरु डुवानमा परेका हुन् ।
बाढीका कारण भीमदत्त नगरपालिका १२ ऐरीमा झण्डै १२ घरहरु डुवानमा परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
प्रहरीले महाकाली नदीमा पानीको बहाव घट्ने बढ्ने क्रम जारी रहेकाले बस्तीहरु डुवानमा पर्ने खतरा बढेको जनाएको छ ।
जिल्ला आपत्कालिन कार्य सञ्चालन केन्द्रले आज बिहान महाकाली नदीको पानीको बहाव २ लाख १३ हजार क्यूसेक रहेको जनाएको छ । अहिले पानीको बहाव बढेर २ लाख ४७ हजार क्यूसेक पुगेको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।