योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा बैंकिङ क्षेत्र पनि बिस्तारै जोडिन थालेका छन् । अहिलेसम्म १२ वटा बैंक कोषमा आवद्ध भइसकेका छन्, जसमध्ये ८ वटा ‘क’ बर्गका हुन् ।
सुरुवाति समयमा सामाजिक सुरक्षा कोषका विभिन्न प्रावधानहरुमा असन्तुष्टि जनाएर बैंकहरु सहभागी हुन तयार भएका थिएनन् ।
तर, अहिले धेरै बैंकहरु सकारात्मक बन्दै गएको कोषले जनाएको छ । हालसम्म ‘क’ बर्गका लक्ष्मी बैंक, स्टान्डर्ड चार्टड बैंक, प्रभु बैक, मेगा बैंक, एनसीसी बैंक, ग्लोबल आईएमई बैंक, सिभिल बैंक र प्राइम कमर्सियल बैंक कोषमा जोडिएका हुन् । तीमध्ये स्टान्डर्ड चार्टर्ड बैंक र लक्ष्मी बैंकले बैशाख महिनाबाट योगदान गर्न थालिसकेको कोषका सहायक प्रवक्ता रोहित रेग्मीले जानकारी दिए ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।