शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

उपत्यकामा खुकुलो बनाएर निषेधाज्ञा थप्ने तयारी, सवारी चलाउने-नचलाउने अलमल


  • आइतबार, असार ६ २०७८
16.8K
SHARES

फाईल तस्बिर

स्थानीय प्रशासनले थप केही प्रावधानलाई खुकुलो बनाउँदै उपत्यकामा एक साता निषेधाज्ञा थप्ने तयारी गरेको छ । तर जोर बिजोरका आधारमा सवारी साधन चल्न दिने कि नदिने भन्ने टुंगो भइसकेको छैन ।

निषेधाज्ञाबारे छलफल गर्न आइतबार काठमाडौं, भक्तपुर र ललितपुरका कोभिड–१९ जिल्ला संकट व्यवस्थापन समिति (डिसीसीएमसी)को बैठक बस्दैछ । डिसीसीएमसीको बैठकपछि तीन प्रमुख जिल्ला अधिकारीबीच हुने छलफलले निषेधाज्ञाबारे निर्णय गर्नेछ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुली भन्छन्, ‘भोलि वा पर्सि तीन प्रमुख जिल्ला अधिकारी बसेर निषेधाज्ञाको मोडालिटीबारे टुंगो लगाउँछौं ।’

कोभिड–१९ निर्देशक समिति बैठकले अबका दिनमा ‘स्मार्ट लकडाउन’ गर्ने निर्णय गरेको थियो । यसको मोडालिटी बनाउने जिम्मा कोभिड–१९ संकट व्यवस्थापन समिति (सीसीएमसी)लाई छ । तर सीसीएमसीले अन्तिम निर्णय गरिसकेको छैन ।

सीसीएमसीका एक अधिकारी भन्छन्, ‘जनजीवनलाई सहज बनाउँदै वैज्ञानिक लकडाउन गर्न भनेका हौं ।’ सीसीएमसीले ‘लकडाउन’ शब्द प्रयोग गरेको भए पनि यो हाल रहेको निषेधाज्ञालाई नै व्यवस्थित गर्ने विषय भएको उनी बताउँछन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा