५ असार, काठमाडौं । एन्टोइन ग्रिजम्यानको गोलसँगै फ्रान्स युरोकप फुटबलमा हंगेरीसँग हारबाट जोगिएको छ । बुढापेष्टमा भएको खेलमा हंगेरीसँग १-१ को बराबरी खेल्दै फ्रान्सले अंक बाँडेको हो ।
घरेलु मैदान पुस्कास एरेनामा हंगेरीले पहिलो हाफको इन्जुरी टाइममा अग्रता लिएको थियो । रोलान्ड सलाईको पासमा अतिला फिओलाले गोल गर्दै अग्रता दिलाएका थिए ।
फ्रान्सले दोस्रो हाफमा बराबरी गोल फर्कायो । ग्रिजमनले ६६औं मिनेटमा पेनाल्टी एरियाभित्र प्राप्त बलमा गोल गरे ।
युरोपकप २०२० को पहिलो खेलमा आत्मघाती गोलको मद्दतमा जर्मनीलाई १-० ले पराजित गरेको फ्रान्सले हंगेरीविरुद्ध पनि गोलका अरु अवसर सदुपयोग गर्न सकेन ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।