शनिबार, साउन ९ २०८३
ताजा अपडेट

हंगेरी र फ्रान्सले अंक बाडे


  • आइतबार, असार ६ २०७८
18.2K
SHARES

युरोकप २०२०

युरोकप २०२० अन्तर्गत शनिबार सम्पन्न खेलमा हंगेरी र फ्रान्सले बराबरी खेल्दै अंक बाडेका छन् । फेरेन्क पुस्कीस स्टेडियममा सम्पन्न समूह एफको खेलमा हंगेरी र फ्रान्सले १–१ गोलको बराबरी खेल्दै अंक बाडेका हुन् ।

हंगेरीका लागी एटिला फिओलाले गोल गरे भने फ्रान्सका एन्टोइन ग्रिज्म्यानले बराबरी गोल फर्काए । खेलमा शुरुवाती अग्रता हंगेरीले बनाएको थियो ।

एटिला फिओलाले पहिलो हाफको अतिरिक्त समयमा गोल गर्दै हंगेरीलाई सुरुवाती अग्रता दिलाएका थिए । फिओलाले रोलाण्ड सल्लईको एसिस्टमा सुन्दर गोल गरेका थिए ।

खेलको ६६ औं मिनटमा ग्रिज्म्यानले गोल गर्दै फ्रान्सलाई खेलमा बराबरीको स्थितिमा फर्काए । त्यसपछी दुबै टिमले गोल गर्न नसक्दा खेल बराबरीमा समाप्त भयो ।

बराबरी खेलेसँगै फ्रान्स प्रतियोगिताको अन्तिम १६ को नजिक पुगेको छ । पहिलो खेलमा जर्मनीलाई १–० गोल अन्तरले पराजित गरेको फ्रान्सले समूह एफमा २ खेलबाट ४ अंक जोडेको छ ।

यस्तै पहिलो खेलमा पोर्चुगलसँग ३–० को हार बेहोरेको हंगेरीको यो बराबरीले खातामा एक अंक जोडिएको छ । हंगेरी समूहको तेश्रो स्थानमा छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा