बुधबार, कार्तिक १२ २०८३
ताजा अपडेट

चितवनमा प्रहरीको गाडी दुर्घटना, एसपीसहित ६ जना घाइते


  • शनिबार, असार ५ २०७८
11.1K
SHARES

फाइल तस्विर

चितवनमा प्रहरीको जीप दुर्घटना हुँदा जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपीसहित ६ जना घाइते भएका छन् ।

चितवनको नारायणगढ–मुग्लिन सडक खण्डको गाईघाटमा प्रहरीको जीप दुर्घटना हुँदा एसपी ओमप्रसाद अधिकारीसहित ६ जना घाइते भएका हुन् ।

बाढीले मुग्लिन पुलमा पुर्‍याएको क्षतिको निरीक्षण गरेर फर्किएको एसपी अधिकारी सवार बा२ज ३४७२ नम्बरको जिप शुक्रबार दुर्घटनामा परेको हो ।

प्रहरीको जीपलाई मुग्लिनतर्फ जाँदै गरेको ना६ख ६०११ नम्बरको मालवाहक ट्रकले ठक्कर दिँदा एसपीसहित ६ जना प्रहरी घाइते भएका हुन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा