काठमाडौँ— कोपा अमेरिका कपमा अर्जेन्टिनाले पहिलो जित दर्ता गरेको छ ।
शनिबार बिहान सम्पन्न खेलमा उरुग्वेलाई १–० ले हराउँदै अर्जेन्टिनाले पहिलो जित दर्ता गरेको हो ।
लियोनल मेस्सीको पासमा गुइडो रोडरिग्वेजले खेलको १३औँ मिटेटमा गोल गर्दै अर्जेन्टिनालाई जिताएका हुन् ।
जितसँगै अर्जेन्टिना समूह ‘ए’ मा दुई खेलबाट ४ अंक जोड्दै शीर्षस्थानमा उक्लिएको छ । समान ४ अंक भए पनि चिली हेड टु हेडमा दोस्रो स्थानमा रहेको छ ।
पाराग्वे ३ अंकसहित तेस्रो स्थानमा रहँदा अंकविहीन उरुग्वे र बोलिभिया चौथो र पाँचौ स्थानमा रहेको
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।