बुधबार, कार्तिक १२ २०८३
ताजा अपडेट

चाउचाउ, बिस्कुट लगायतका खानेकुरा धेरै खादा लाग्न सक्छ घातक रोग !


  • शनिबार, असार ५ २०७८
8.1K
SHARES

फाइल तस्विर

असन्तुलीत पौष्टिक तत्व भएका, धेरै क्यालोरी भएका, धेरै अगाडी तयार गरेर बट्टा वा बोतलमा प्याक गरेर राखिएका, प्रशोधित एवं परिस्कृत, उच्च मात्रामा नुन चिनी र चिल्लो हालिएका र व्यापारिक प्रयोजनका लागि सरीरका लागी नचाहिने बस्तु समेत हालेर स्वादलार्ई प्रथमिकतामा दिएर बनाईएका, नपकाईकन पनि खान मिल्ने गरि तयार गरिएको खानेकुराहरूलाई सबैले बुझ्ने भाषमा जंङ्कफूड भन्ने गरिन्छ । यसलाई मृत खाना समेत भन्ने गरिन्छ ।

यस्ता खानेकुराहरूको सेवन गर्दै गए पछि मान्छेलाई लत बसे जसरी लत बस्दछ र लामो समय सम्म सेवन गर्दै गए अनेकौँ स्वास्थ्य समस्याहरू देखा पर्न थाल्ने कुरा चिकित्सकहरुले बताउछन ।

के के असर गर्छ स्वास्थ्यमा ?

१. तौल बढ्नेः विश्व स्वास्थ्य संगठनका अनुसार मोटोपनको मुख्य कारण जङ्कफूड हो । कम पौष्टिक मूल्य, असन्तुलीत पोषक तत्व, उच्च क्यालोरी, बार–बार प्रशोधन गरी प्राकृतिक गुणधर्म नष्ट गरिएकोले मोटोपनमा भारी बढ्त्तोरी हुने गर्छ ।

३.मधुमेहः जङ्कफूडको दीर्घकालिन सेवन गर्नेहरूलाई मधुमेहले पनि आफ्नो बनाउँदछ। यसो हुनुको मुख्यकारण जङ्कफूडलाई प्रशोधन गर्दा गर्दा त्यसलाई सजीलै पच्न सक्ने बनाईएको हुन्छ र यी खानेकुरा खाएपश्चात तत्काल पच्ने र रक्त ग्लूकोज ह्वात्तै बढाउने गर्दछ

५.क्यानसरः जङ्कफूडको सेवनले तौल बढ्दछ र तौल बढ्नु क्यानसरको जोखिम कारक तत्व हो । यसैगरि जङ्कफूडको सेवनले शरीरमा ईन्फ्लामेसनलाई बढाई दिनेहुँदा क्यानसरको जोखिम बढ्दछ ।

६. नैराश्यताः खानेकुरालाई जङ्क बनाउदा यसलाई धेरै पटक सोधन र प्रशोधन गरेर उपयोग गरिने हुदाँ यिनका प्राकृतिक गुण धर्म नष्ट साथै भोजनलाई स्वादिष्ट बनाउनका लागि पर्याप्त मात्रामा नुन, चिनी, चिल्लो, कृतिम रङ्ग, अजिनोमोटो जस्ता रसायनहरू हालिएको हुन्छ यसले शरीरलाई हानी गर्छमुड फ्रेस हुनु पर्नेमा नैरास्यता कायम हुन्छ जसले दिमागि तथा शरीरीक हालत खराब हुदै जान्छ ।

७. छाला चाउरी पर्नेः जङ्कफूडको रूपमा उच्चमात्रामा नुन, चिनी र चिल्लो हालिएको खानेकुराहरू खाँदा शरीरमा चिनी र प्रोटीनबीच प्रतिक्रिया भएर एडभान्स ग्लाईकेसन एण्ड प्रोडक्ट नामक कम्पाउण्ड बन्दछ यसले छाला चाउरीने समस्या हुन्छ चाढै बुढो देखिने हुन्छ  ।

९. शक्तिहिनताः जङ्कफूडको सेवन गर्नेहरूमा एकछिन फूर्तिफार्ती आए पनि कालान्तरमा शक्तिहिनता देखापरेको छ ।

१०.कलेजोमा बोसो जम्नेः जङ्कफूडमा हालिएको प्रशोधित कार्बोहाईड्रेटसको सेवनले कलेजोमा बोसो जम्ने फ्याट्टी लिवर भन्ने समस्यालाई जन्म दिन्छ ।

१३. दाँत र हड्डीमा असरः जंङ्कफूडको सेवन गर्ने मान्छेहरूलाई एसिडिटीको समस्याले ज्यादा पिरोल्ने र पेटको एसिड मुखमा आएर दाँतको ईनामेल खुईल्याई दिने गर्दछ ।

१४.उच्च रक्तचापः जङ्कफूडको सेवन गर्ने धेरैलाई उच्च रक्तचापको समस्यालाई सताउँदछ । यसो हुनुको मुख्यकारण जङ्कफूडमा हालिएको अत्याधिक नुन हो ।

बिभिन्न पत्रपत्रीकाको सहयोगमा


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा