शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

रोनाल्डोको कारण नोक्सान, पोग्बाबाट नसोचेको फाइदा !


  • शुक्रबार, असार ४ २०७८
13.1K
SHARES

रोनाल्डो र पोग्बा युरो कप प्रेस मिटमा

विश्व चर्चित फुटबल खेलाडी क्रिष्टियानो रोनाल्डोले कोका कोलाको बोतल हटाएपछि सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । रोनाल्डोले बोतल हटाएर पानी खान आग्रह गरेपछि कोकाकोलालाई झन्डै ५ खर्ब नोक्सान भएको छ ।

तर फ्रान्सका खेलाडी पोग्बाले पनि पोर्चुगल कप्तान रोनाल्डोको कपि गर्दै हेनकेन बियरको बोतल हटाए । तर परिणाम फरक आयो, पोगबाको कामबाट हेनकेन बियरलाई फाइदै फाइदा भयो । रोनाल्डोले जस्तै पोग्बाले पनि बियरको बोतल हटाएका थिए ।

तर पोग्बाको कदम पछि हेनकेनलाई कुल १ खर्ब रुपैयाँ भन्दा बढी फाइदा भयो । रोनाल्डोले आम मानिसमा सचेतना फौलाउन खोजेका थिए, आफ्ना सचेतकलाई कार्बोनेटेड सफ्ट ड्रिंकसको सट्टामा पानी पिउँदा स्वास्थ्यमा लाभ हुने जनाउँदा कम्पनीलाई भने ठुलो घाटा भएको छ ।

रोनाल्डोले कोकाकोला बोतल हटाउँदा बोलेरै कोकाकोलाको सट्टामा पानी पिउन आग्रह गरेका थिए । तर पोग्बाले बियरको बोतल हटाउँदा केही बोलेका थिएनन् । यस बोतल प्रकरण पछि अब पत्रकार सम्मेलनमा राखिएको सामान हटाउन नपाइने भएको छ ।

सामान हटाएमा खेलाडी र टिमलाई जरिवाना गराउने चेतावनी दिएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा