४ असार, काठमाडौँ ।
काठमाडौँको नयाँबस्तीमा रहेको जोन एकेडेमीले मेलम्ची बाढी प्रभावितलाई निःशुल्क शिक्षा दिने भएको छ । एकेडेमीले मङ्गलवार राती अविरल वर्षापछि आएको बाढीबाट प्रभावित बालबालिकालाई निःशुल्क शिक्षा दिने भएको हो ।
काठमाडौँ महानगरपालिका वडा नम्बर ६ बौद्ध, नयाँबस्तीमा रहेको जोन एकेडेमीले सिन्धुपाल्चोकको प्राकृतिक विपत्तिमा परि ठुलो क्षति व्यहोरिरहेका परिवारका २५ जना बालबालिकाहरूलाई निःशुल्क शिक्षा दिने स्कूलका प्रिन्सिपल भोजकुमार धमलाले बताए ।

सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बु क्षेत्रमा मंगलबारदेखि आएको भारी वर्षा र बाढीका कारण ठुलो धनजनको क्षति भएको थियो । बाढी पीडित परिवारको पीडामा मल्हम लगाउन उक्त घोषणा गरिएको प्रिन्सिपल धमलाको भनाई छ ।

जोन एकेडेमीमा नर्सरीदेखि कक्षा १० सम्म पढाइ हुन्छ । बौद्धिक व्यक्तित्वहरूको समूहद्वारा सञ्चालित यस विद्यालय निजी क्षेत्रको अग्रणी शैक्षिक संस्थाको रूपमा चिनिन्छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।