शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

पार्टी वैधानिकता दावी गर्दै उपेन्द्र यादव समूह निर्वाचन आयोगमा


  • शुक्रबार, असार ४ २०७८
11K
SHARES

फाईल तस्बिर

जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव सहितका नेताहरु निर्वाचन आयोग पुगेका छन् । पार्टीको वैधानिकता दावी गर्दै नेताहरु आयोग पुगेका हुन् ।

बिहीबार बसेको कार्यकारिणी समितिको बैठकले वैधानिकता दावी गर्ने निर्णय गरेको थियो । यसअघि १७ जेठमा अर्का अध्यक्ष महन्थ ठाकुर सहित चार जनालाई पार्टीबाट निष्कासन गर्ने निर्णय आयोगमा बुझाइएको थियो ।

सोही दिन ठाकुरले पनि यादवलाई निष्कासनको पत्र बुझाए । आयोगले ३० जेठमा दुवै समूहको मागदावी अनुसार दल दर्ता किताब अद्यावधिक नगर्ने निर्णय गरेको थियो ।

यसपछि यादव राजनीतिक दल सम्बन्धी ऐन–२०७३ को दफा ४३ अनुसार दलको वैधानिकता दावी गर्दै फेरि आयोग गएका हुन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा