शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

प्रतिवेदन पेश नगर्ने ४१ राजनीतिक दललाई जरिवाना


  • शुक्रबार, असार ४ २०७८
10.6K
SHARES

फाइल तस्विर

निर्वाचन आयोगले तोकिएको अवधिभित्र आयव्ययको लेखापरीक्षण प्रतिवेदन पेश गर्न नसक्ने ४१ राजनीतिक दललाई कारबाही गरेको छ।

लेखापरीक्षण प्रतिवेदन पेश गर्न नसक्ने बारेमा सफाइसहितको स्पष्टीकरण पेश नगरेको भन्दै आयोगले ५० हजार रूपैयाँ जरिवाना गर्ने निर्णय गरेको हो। २०७८/१/७ गते आयोगले राजनीतिक दललाई प्रतिवेदन बुझाउन सूचना जारी गरेको थियो।

राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ५४ को उपदफा (१) को खण्ड (घ) बमोजिम लगातार तीन वर्षसम्म लेखा परीक्षण प्रतिवेदन नबुझाउने ४१ दललाई जरिवाना तिराउने निर्णय गरिएकाे आयाेगले  शुक्रबार सूचना जारी गरि जनाएकाे छ।

आयाेगले उक्त जरिवाना किन गर्ने भनी स्पष्ट गर्न सात दिनको समयावधी प्रदान गरिएकोमा तोकिएको अवधिभित्र सफाई सहितको स्पष्टीकरण पेश नगरेकोले राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४४ को उपदफा (१) बमोजिम १० हजार देखि ५० हजारसम्म जरिवाना हुन सक्ने कानूनी प्रावधान बमोजिम प्रत्येक राजनीतिक दललाई ५० हजारका दरले जरिवाना गरिएकाे जनाएकाे छ।

 


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा