शनिबार, साउन ९ २०८३
ताजा अपडेट

उद्धार र राहतका लागि सिन्धुपाल्चोकका दुई पालिकालाई काठमाडौँ महानगरको ५०-५० लाख सहयोग


  • शुक्रबार, असार ४ २०७८
9.2K
SHARES

फाइल तस्विर

काठमाडौँ महानगरपालिकाले राहत तथा उद्धारका लागि सिन्धुपाल्चोकका थप दुई गाउँपालिका पाँचपोखरी थाङपाल र हेलम्बुलाई रु पचास-पचास लाख दिने घोषणा गरेको छ ।

काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले नगरसभाको नवौँ अधिवेशनको पहिलो बैठकलाई सम्वोधन गर्दै काठमाडौँ महानगरको तर्फबाट मेलम्ची नगरपालिकालाई दुई करोड सहयोग गर्ने घोषणा गरिसकेका छन् ।

मेलम्ची नदीमा आएको बाढीबाट भएको धनजनको क्षतिपछिको राहत तथा उद्धरका लागि सो रकम सहयोग गर्ने घोषणा गरेको प्रमुख शाक्यले बताए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा