कुवेतले कोरोनाविरुद्धको खोप लगाएका आप्रवासी कामदारलाई प्रवेश अनुमति दिने भएको छ । कुवेतको वैध रेसिडेन्सी भएका र खोपको दुबै डोज लगाएकाहरुलाई आगामी अगस्त १ देखि प्रवेश पाउने भएका छन् ।
साना बच्चाहरू, गर्भवती महिलाहरू र अस्वास्थ्य अवस्था भएका मानिसहरूलाई बाहेक फाइजर-बायोनेटेक, मोडर्ना, अक्सफोर्ड-अस्ट्रजेनेका तथा जोनसन र जॉनसन कम्पनीका खोप लगाएका आप्रवासीहरुलाई प्रवेश दिने निर्णय भएको कुवेत सरकारका प्रवक्ता तारिक अल मजरेमलाई उदृत गर्दै कुवेत टाइम्सले जनाएको छ ।
कुवेत प्रवेश गर्ने आप्रवासीहरुले ७२ घण्टा भित्र पीसीआर परीक्षण गरेको र रिपोर्ट नेगेटिभ भएको प्रमाणपत्र विमानस्थलमा देखाउनु पर्नेछ । कुवेत प्रवेश गरिसकेपछि ७ दिन अनिवार्य रुपमा होम क्वेरन्टाइनमा बस्नु पर्नेछ जनाएको छ ।
७ दिनपछि पीसीआर परीक्षण हुनेछ, रिपोर्ट नेगेटिभ आएको खण्डमा आफ्नो काम गर्न पाउने छन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।