बुधबार, कार्तिक १२ २०८३
ताजा अपडेट

सामूहिक बलात्कार मुद्दाका फरार अभियुक्त १४ वर्षपछि पक्राउ


  • शुक्रबार, असार ४ २०७८
14.4K
SHARES

फाइल तस्विर

सप्तरीमा सामूहिक बलात्कार मुद्दाका फरार अभियुक्त १४ वर्षपछि पक्राउ परेका छन् ।

१३ वर्र्ष कैद सजाय पाएर फरार भएका तत्कालीन साविकको सकरपुरा गाविस-७ (हाल तिलाठी कोइलाडी गाउँपालिका-३)का लफन्दर भनिने ओमप्रकाश मुखियालाई प्रहरीले पक्राउ गरेको हो ।

उनलाई गाउँमै फेला पारी नियन्त्रण्मा लिइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) माधवप्रसाद काफ्लेले बताए ।

मुखियालाई गाई चराउन गएकी १० वर्षीया बालिका बलात्कार गरेको अभियोगमा सप्तरी जिल्ला अदालतले २०७५ असार ५ गते १३ वर्ष कैद सजाय फैसला गरेको थियो ।

घटना २०६४ साल असोज ९ गते भएको थियो । त्यसयता उनी फरार थिए । पक्राउ परेका मुखियालाई कैद भुक्तानको लागि अदालतले राजविराज कारागार चलान गरिसकेको छ ।

यो घटनामा अरु तीनजना पनि संलग्न थिए । उनीहरुलाई पनि १३ वर्ष कैद सजाय फैसला भएको थियो । एकजना अझै फरार रहेको प्रहरीले जनाएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा