शनिबार, कार्तिक १ २०८३
ताजा अपडेट

डे ब्रुएना चम्किँदा डेनमार्कमाथि बेल्जियमको पुनरागमन जित


  • शुक्रबार, असार ४ २०७८
11.8K
SHARES

फाइल तस्विर

४ असार, काठमाडौं । केभिन डे ब्रुएनाले दोस्रो हाफमा मैदान प्रवेश गर्दै उत्कृष्ट प्रदर्शन गरेपछि बेल्जियमले युरोकपमा डेनमार्कविरुद्ध २-१ को पुनरागमन जित हात पारेको छ ।

समूह बी मा लगातार दोस्रो जितपछि बेल्जियमले अन्तिम १६ मा स्थान पक्का गरेको छ । यसअघि नै इटली अन्तिम १६ मा प्रवेश गरिसकेको छ ।

डेनमार्कको घरेलु मैदानमा बिहीबार राति भएको खेलमा डे ब्रुएनाले दोस्रो हाफमा एक गोल गर्नुका साथै अर्को गोलका लागि असिस्ट गरे । डे ब्रुएना दोस्रो हाफमा ड्राई मर्टेन्सको स्थानमा मैदान प्रवेश गरेपछि बेल्जियमले लय लिएको थियो ।त्यसअघि खेलको दोस्रो मिनेटमै युसुफ पाउलसेनले गोल गर्दै घरेलु टोली डेनमार्कलाई अग्रता दिलाएका थिए । पिएरे एमिल होजवर्गको पासमा पाउलसेनले गोल गरेका थिए ।

पहिलो हाफमा डेनमार्कले अग्रता कायमै राख्यो । तर दोस्रो हाफमा बेल्जियमले पुनरागमन गर्दै गोल फर्कायो ।

५४औं मिनेटमा थोर्गन हाजार्डले केभिन डे ब्रुएनाको पासमा बेल्जियमको लागि बराबरी गोल फर्काए । ६०औं मिनेटमा कप्तान एडेन हाजार्ड र एक्सल विटमल मैदान प्रवेश गरेपछि बेल्जियमल झन् बलियो बन्यो । हाजार्ड, रोमेलु लुकाकु र डे ब्रुएनाको सहकार्यमा दोस्रो गोल भयो । ७१औं मिनेटमा एडेन हाजार्डको पासमा डे ब्रुएनाले उत्कृष्ट गोल गर्दै बेल्जियमलाई २-१ को अग्रता दिलाए।

लगातार दोस्रो जितपछि बेल्जियमले समूह बी मा २ खेलबाट ६ अंक जोडेको छ । बेल्जियमले पहिलो खेलमा रुसलाई ३-० ले पराजित गरेको थियो । डेनमार्क भने लगातार दोस्रो हारपछि अंकविहीन हुँदै पुछारमा छ ।

अब डेनमार्कले रुससँग अन्तिम खेल खेल्न बाँकी छ । रुस र फिनल्याण्डको २ खेलबाट समान ३ अंक छ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा