सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बुमा मंगलबार रातिदेखि आएको वाढीमा परी हराइरहेका चिनियाँ र भारतीय नागरिकमध्ये तीन जनाको शव फेला परेको छ ।
जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले दुई चिनियाँ र एक भारतीय नागरिकको शव फेला परेको जनाएको छ ।
चिनियाँ नागरिक गोङ टियान छियो, यु.चि.झ र भारतीय नागरिक कमल लोचनको शव फेला परेको हाे । गोङ टियान छियाको शव सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–११ बदेरीस्थित इन्द्रवती खोलाको किनारमा र यु.चि.झको शव सिन्धुलीको सुनकोशी गाउँपालिका–५ मुलकोटस्थित सुनकोशी नदीको किनारमा भेटिएको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । त्यस्तै लोचन महतोको शव सिन्धुलीको सुनकोशी गाउँपालिका–७ कानढुङ्गीस्थित सुनकोशी नदीको किनारमा फेला परेको हो ।
त्यस्तै बाढीले बगाएर अझै १७ जना वेपत्ता रहेका छन् । जसमध्ये दुई भारतीय विजय बासुमन्तरी, जिनडाओ बासुमन्तरी र एक चिनियाँ सन यु चुवान अझै वेपत्ता रहेका छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।