डेनमार्कका मिडफिल्डर क्रिस्टियन एरिक्सनको शरिरमा मुटुको गति नियन्त्रण गर्ने स्वचालित यन्त्र इम्प्लान्टेबल कार्डियोभर्टर डेफिब्रिलेटर (आइसिडी) जडान गरिने भएको छ ।
एरिक्सनको मुटुको धडकनको रिदमलाई नाप्नका लागि मेसिन डेनमार्क टिमका डाक्टर मोर्टेन बोएसेनले बताएका छन् । उनको मुटुमा कार्डिक अट्याक भएको जनाइएको छ ।
एरिक्सन युरोपक फुटबल २०२० अन्तर्गत शनिबार डेनमार्क र फिन्ल्याण्डबिचको खेल दौरान एरिक्सन अचेत भई मैदानमै लड्न पुगेका थिए ।
श्वास प्रश्वासमा समस्या आई एरिक्सन खेलको ४३ औं मिनटमा अचेत भइ मैदानमै लड्न पुगेपछि थिए । उनलाई मैदानमै अक्सिजनको अभाव भएको कारण सिपिआर दिइएको थियो ।
सिपिआर पद्दती श्वास प्रश्वास अथवा ह्रदयघात सम्बन्धिको रोगमा दिइने मेडिकल प्रबन्ध हो ।
एरिक्सनको स्वास्थ्य अवस्था अहिले सामान्य जनाइएको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।