बुधबार, साउन १३ २०७८
ताजा अपडेट

भावुक हुँदै रामोसले भने, ‘फेरी भेटौंला’


  • KTM Khabar
  • बिहिबार, असार ३ २०७८
4.6K
SHARES

सर्जियो रामोस

एजेन्सी – स्पेनिस महारथी रियल म्याड्रिडले आफ्ना कप्तान तथा सेन्टर ब्याक सर्जियो रामोसलाई बिदाई गरेको छ । क्लबले बिहीबार एक कार्यक्रमको आयोजना गर्दे उनको बिदाई गरेको हो । क्लबका अध्यक्ष फ्लारेन्टिनो पेरेजले रामोसलाई रियलको ब्याच प्रदान गर्दै बिदाई गरेका थिए ।

बिदाईको क्रममा निकै भावुक देखिएका रामोसको आँशु थामिएको थिएन । उनले बिदाईपछि प्रशिक्षक जिनेदिन जिदानले रियलबाट प्रशिक्षकको रुपमा पहिलोपटक बाहिरिने क्रममा बोलेको शब्द सापटी लिँदै बिदाई भन्दा पनि ‘पछि भेटौंला’ भनेर भनेका छन् ।

‘त्यो समय आयो, जुन मेरो जीवनको सबैभन्दा गाह्रो समय छ, रियल म्याड्रिडलाई बिदाई गर्ने समय आइसकेछ । म मेरो बुवासँग हातेमालो गर्दै यहाँ आइपुगेको थिए,’ रामोसले आँशु थाम्दै भने, ‘भावनात्मक नहुन पनि असम्भव छ । मलाई हाम्रो स्टेडियम सान्टियागो बर्नाबेउमा बिदाई लिने इच्छा थियो । धन्यवाद रियल म्याड्रिड । मेरो हृदयमा सँधै म्याड्रिड रहनेछ । यो मेरो जीवनको अद्भुत अदृतिया अवधिको अन्त्य हो । यहाँ मैले धेरै ट्रफी जितेको छु । सबैलाई धेरै धेरै धन्यवाद, फेरी भेटौंला हो ।’

रामोसले सन् २००५ मा सेभियाबाट यिलल प्रवेश गरेका थिए । उनले रियालबाट १६ सिजन खल्दै ४ पटक च्याम्पियनस् लिग जितेका बने भने ५ पटक लालिगाको उपाधि उचालेका छन् ।

यसबाहेक उनले २ पटक कोपा डेल रे समेत जितेका छन् । गत सिजन रामोसलाई कोरोना संक्रमण र ह्यामस्ट्रिङ्ग समस्याका कारण भएपछि थुप्रै खेलहरु गुमाएका थिए ।

उनी गत सिजनको लालिगाको अन्तिम खेलमा भिल्लारियालपबिरुद्ध रियालको टोलिमा समावेश भएपनि खेल्न भने पाएका थिएनन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा