शनिबार, साउन ३० २०८३
ताजा अपडेट

गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेल राहत सामाग्रीसहित मनाङमा


  • बिहिबार, असार ३ २०७८
11.3K
SHARES

फाईल तस्बिर

गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णनन्द नेपाली पोखरेल सहितको टोली राहत सामाग्रीसहित मनाङ पुगेको छ ।

चार दिनदेखि परेको अविरल वर्षाका कारण मनाङका विभिन्न स्थानमा गएको बाढी पहिरोले पुर्याएको क्षतिको अवलोकन र स्थानीयका लागि राहत सामाग्री लिएर मुख्यमन्त्रीसहितको टोली मनाङ पुगेको हो । बिहीबार दिउँसो मुख्यमन्त्री पोखरेल, मन्त्री राजीव गुरुङ (दीपक मनाङे) र मनाङका अर्का सांसद चिन्तबहादुर घले मनाङ गएका हुन् ।

उनीहरु बाढीबाट प्रभावित चामे र नासोँ गाउँपालिकाका स्थानीयलाई तत्कालका लागि त्रिपाल, चिउरा, औषधि, चाउचाउलगायत सामग्री लिएर नेपाली सेनाको हेलिकोप्टरमा गएका हुन् ।

गत सोमबार आएको बाढीले मनाङको चामेबजार, नासो गाउँपालिकाको तालगाउँ लगायतका आधा दर्जन भन्दा बढी ठाउँमा क्षति पुर्याएको छ ।

बुधबार मर्स्याङ्दी नदीमा आएको बाढीले धारापानी बाथोचे जाने पुल, प्रभु बैंक, कैलाश बैंक, नासो गाउँपालिकाको कार्यालय भवन, यथलैया होटल र सीमा प्रहरी चौकीको भवन समेत बगाएको थियो । मनाङमा बाढी पहिरोबाट एक हजारभन्दा बढी नागरिक विस्थापित भएको प्रारम्भिक अनुमान गरिएको छ ।

बाढीले जिल्लाभरका करिब पाँच दर्जन घरमा क्षति पुर्याएको जिल्ला प्रशासन कार्यालय मनाङले जनाएको छ । मनाङमा बाढी पहिरोले पाँचवटा झोलुङ्गे पुल, तीनवटा काठे पुल र एउटा बेलिब्रिज बगाएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा