शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

अदालतलाई ओलीको प्रश्न : देउवाको माग पुरा भए एमाले सत्ता पक्ष हुने कि प्रतिपक्षी दल हुने ?


  • बिहिबार, असार ३ २०७८
18.4K
SHARES

फाइल तस्विर

प्रधानमन्त्री केपी शर्मा ओली विपक्षीको माग पूरा भयो भने एमाले सत्तापक्ष हुने वा प्रमुख प्रतिपक्षी दल हुने ? भन्दै प्रश्न गरेका छन् ।

नेपालको संविधानले प्रमुख प्रतिपक्षलाई शासन सञ्चालनमा अनिवार्य गरेको छ र प्रमुख विपक्षी दलको नेतालाई विभिन्न संवैधानिक भूमिका प्रदान गरिएको छ । कथंकदाचित् रिट निवेदकहरूले माग गरे बमोजिम श्री शेरबहादुर देउवा प्रधानमन्त्री हुनुभयो भने रिट निवेदक मध्येका नेकपा (एमाले) र जनता समाजवादी पार्टीका प्रतिनिधिसभा सदस्य कुन दलको हुनुहुन्छ ? मैले नेतृत्व गरेको नेकपा (एमाले) सत्तापक्ष हुन्छ कि प्रतिपक्ष ?

ओलीले महान्यायाधिवक्ताको कार्यालयमार्फत सर्वोच्चमा पेश गरेको जवाफमा भनिएको छ । ओलीले शेरबहादुर देउवा त नेकपा (एमाले) कै प्रतिनिधिसभा सदस्यको समर्थनमा प्रधानमन्त्री बनेको अवस्था हुने भन्दै एउटै दल सत्तापक्ष र प्रतिपक्ष दुवै हुन सक्दैन नसक्ने जिकिर गरेका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा