शनिबार, साउन ३० २०८३
ताजा अपडेट

भक्तपुरमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु


  • बिहिबार, असार ३ २०७८
12.5K
SHARES

फाईल तस्बिर

भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–४ चारदोवाटोमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

गएराती बा.७७ प ५६०५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा सोलुखुम्बु घर भएका रमेश कुमार बस्नेतको मृत्यु भएको हो ।

काठमाडौंबाट भक्तपुर जाँदै गरेको सो मोटरसाइकलमा ३ जना सवार थिए । अनियन्त्रित भएर आइल्याण्डमा मोटरसाईकल ठोक्किँदा गम्भिर घाइते भएका बस्नेतको उपचारको क्रममा त्रि.वि शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको हो ।

मोटरसाइकल पछाडी सवार उदयपुर घर भएका लोकेन्द्र मग्राती र सिन्धुलीको तिनपाटन घर भएका अमित जैरु घाइते भएका छन् । उनीहरुकोे त्रि.वि शिक्षण अस्पतालमा उपचार भइरहेको एसपी थापाले बताइन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा