शनिबार, कार्तिक १ २०८३
ताजा अपडेट

रामोसले रियल मड्रिड छोडे


  • बिहिबार, असार ३ २०७८
12.8K
SHARES

फाईल तस्बिर

स्पेनिस फुटबल क्लब रियल मड्रिडका कप्तान तथा डिफेन्डर सर्जियो रामोसले क्लब छोडेका छन् । बुधबारबाट ३५ वर्षीय रामोसले लामो रियल बसाइ अन्त्य गरेका हुन् ।

स्पेनिस सेन्टर ब्याक रामोसले रियलबाट १६ वर्ष व्यवसायिक फुटबल खेलेका छन् । सन् २००५ मा सेभिल्याबाट रियल आएका उनको सम्झौता यसै ३० जुनबाट सकिँदैछ । रियलले पटक–पटक सम्झौता थप्न खोजेको भएपनि उनी ब्याक सरेको बताइन्छ ।

रामोसले रियलका लागि ६ सय ७१ खेल खेलेका छन्, जसमा उनले एक सय एक गोल तथा ४० असिस्ट गरेका छन् । रियलबाट उनले पाँच पटक ला लिगा र चार पटक च्याम्पियन्स लिगको उपाधि जितेका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा