शनिबार, कार्तिक १ २०८३
ताजा अपडेट

युरो कप : आज हुने तीन खेलबारे जानकारी


  • बिहिबार, असार ३ २०७८
10.5K
SHARES

फाईल तस्बिर

१६औँ संस्करणको युरोपियन प्रतियोगिता युरो कपमा आज ९बिहीबार० पनि तीन खेल हुँदै छन् । आज ६ वटा राष्ट्रले समूह चरणअन्तर्गत दोस्रो खेल खेल्दै छन् ।

आज फिफा वरीयताको शीर्ष स्थानमा रहेको बेल्जियमका साथै नेदरल्यान्ड्स, युक्रेन पनि प्रतिस्पर्धामा छन् । बेल्जियमले डेनमार्कसँग नेपाली समयानुसार राति ९ः४५ बजे प्रतिस्पर्धा गर्ने छ । यो खेल डेनमार्कमा हुनेछ ।
बेल्जियम समूह ‘बी’को शीर्ष स्थानमा छ भने डेनमार्क पुछारमा छ । यसअघि बेल्जियमले रसियालाई हराएको थियो भने डेनमार्क फिनल्यान्डसँग पराजित भएको थियो ।

यस्तै, आज नेदरल्यान्ड्सले अस्ट्रियासँग खेल्दै छ । यो खेल राति १२ः४५ बजे हुने यो खेल नेदरल्यान्ड्सस्थित जोहान क्रुफ एरिनामा हुनेछ ।

अघिल्लो खेलमा युक्रेनमाथि जित निकालेको नेदरल्यान्ड्स दोस्रो स्थानमा छ । अस्ट्रिया भने शीर्ष स्थानमा छ । उसले आफ्नो पहिलो खेलमा नर्थ मेसडोनियामाथि जित दर्ता गरेको थियो ।

त्यसअघि बेलुका ६ः४५ बजे युक्रेन र नर्थ मेसडोनियाले प्रतिस्पर्धा गर्ने छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा