शनिबार, कार्तिक १ २०८३
ताजा अपडेट

वेल्सको पहिलो जित, बेलको पेनाल्टी मिस


  • बिहिबार, असार ३ २०७८
19.9K
SHARES

फाईल तस्बिर

युरो कप २०२० मा वेल्सले पहिलो जित दर्ता गरेको छ । बुधबार राति वेल्सले टर्कीमाथि २–० गोलको जित निकाल्दै युरो कपमा पहिलो जित दर्ता गरेको हो ।

अजरबैजानमा भएको खेलमा वेल्सलाई जिताउन आरोन राम्से र कनर रोवर्ट्सले समान एक–एक गोल गरे । खेलको ४२औँ मिनेटमा ग्यारेथ बेलको पासमा राम्सेले गोल गर्दै वेल्सलाई सुरुआती अग्रता दिलाएका थिए ।
खेलको ६१औँ मिनेटमा वेल्सले पेनाल्टीको मौका पाएको थियो, जसमा बेल चुक्न पुग्दा वेल्सले आफ्नो अग्रता दोब्बर बनाउने मौका खेर फालेको थियो ।

तर खेलको इन्ज्युरी समयमा रोबर्ट्सले गोल गर्दै वेल्सलाई २-० गोलको जित दिलाए ।

यस जितसँगै वेल्सले दुई खेलबाट चार अङ्क जोडेको छ । वेल्स समूह ‘ए’को दोस्रो स्थानमा छ । वेल्सले यसअघि स्विट्जरल्यान्डसँग १-१ गोलको बराबरी खेलेको थियो । अङ्कविहीन टर्की भने चौथो स्थानमा छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा