आन्तकरिक राजस्व विभागले विभिन्न कर दाखिला गर्न म्याद थप गरेको छ ।
विभागले आर्थिक ऐन २०७७ को दफा १९ अन्तरगत रहेर अर्थमन्त्रालयको असार २ गतेको निर्णय अनुसार कर दाखिला गर्ने नयाँ तालिका सार्वजनिक गरेको हो ।
२०७७ चैत र २०७८ बैशाख महिनाको मासिक तथा द्विमासिक मूल्य अभिवृद्धि कर असार २५ गतेभित्र तिरिसक्न विभागले आग्रह गरेको छ ।
आयकर ऐन २०५८ बमोजिमका २०७७ चैत्र र २०७८ बैशाख महिनाको बुझाउन पर्ने अग्रीम करकट्टी रकम पनि असार २५ गतेभित्र बुझाउनु पर्ने विभागले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।
अन्तशुल्क ऐन २०५८ अनुसारका कर २०७७ चैत्र र २०७८ बैशाख महिनाभित्रका बुझाउन पर्ने अन्तशुल्क असार २५ भित्र बुझाउन पर्ने छ ।
त्यस्तै, २०७७ चैत्र र २०७८ बैशाखको शिक्षा सेवा कर, टेलिफोन स्वामित्व कर, दूरसञ्चार सेवा दस्तुर पनि असार २५ गतेभित्र बुझाउन विभागले आग्रह गरेको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।