बुधबार, कार्तिक १२ २०८३
ताजा अपडेट

मध्यपहाडी, तराई र चुरेको भूभाग भएर बग्ने नदीमा बहाब बढ्ने, सर्तक रहन आग्रह


  • बुधबार, असार २ २०७८
10.3K
SHARES

फाईल तस्बिर

बुधवार कालिगण्डकी,भेरी, पश्चिम राप्ती, तिनाउ, बबईलगायत गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको मध्यपहाडी, तराई र चुरेको भूभाग भएर बग्ने साना नदीमा बहाव बढ्दो सम्भावना रहेकाले सर्तक रहन बाढी पूर्वाअनुमान महाशाखाले आग्रह गरेको छ ।

केही नदीमा आकस्मिक वहाव बढी भई सतर्कता तहमा पुग्ने भएकाले साना नदी र तटीय क्षेत्रमा विशेष सावधानी अपनाउनु पर्ने महाशाखाले जनाएको छ ।

आज कोशी र यसका सहायक नदीमा बहाब सामान्य रहने भएपनि नारायणी, कर्णाली र महाकाली जलधारका केही साना सहायक नदीमा क्षणिक भारी वर्षा हुँदा साना नदीमा आकस्मिक बहाब बढ्ने महाशाखाले जनाएको छ ।

त्यस्तै कन्काई र यसका सहायक नदीमा बहाब सामान्य घटबढ हुने पनि महाशाखाको पूर्व अनुमान छ ।

कमला, बागमती, पूर्वी राप्तीलगायत नदीको बहाब बढ्ने अनुमान गरिए पनि सतर्कता तहभन्दा तलै हुने महाशाखाले जारी सूचनामा उल्लेख छ ।

त्यस्तै पश्चिम राप्ती, तीनाउ, बबईका साना नदीजलाधारमा बहाब बढ्ने र केहीमा सर्तकता तह पुग्न सक्ने भएकाले त्यस क्षेत्रका बस्तीमा पनि सर्तकता अपनाउन भनिएको छ ।

बागमती प्रदेशको रसुवा, सिन्धुपाल्चोक, काठमाडौँ, चितवन, मकवानपुर जिल्ला आसपास भइ बग्ने ससाना खोला तथा नदीमा बहाब उल्लेख्य बढ्ने र केहीमा आकस्मिक बहाब बढेर सतर्कता तह आसपास हुने पूर्वानुमान रहेको महाशाखाले जनाएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा