शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

राजसंस्थाको एजेन्डा एक निमेष छोड्दैनौं, अब सरकारमा जाँदैनौंः कमल थापा


  • बुधबार, असार २ २०७८
10.5K
SHARES

फाईल तस्बिर

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले विगतमा पटक-पटक सरकारमा गएर आफूहरुले गल्ति गरेको बताएका छन् । अब यस्तो गल्ति नदोहोर्‍याउने उनको भनाइ छ ।

थापाले सामाजिक सञ्जालमा स्टाटस लेख्दै यस्तो बताएका हुन् । उनले आफूहरु सरकारमा गएको मतदाताले नरुचाएको उल्लेख गरेका छन् ।

थापाले लेखेका छन्, ‘पटक-पटक हामी सरकारमा गएको मतदातालाई चित्त बुझेन, त्यो प्रत्यूत्पादक भयो, गल्ति भया । अब गल्ति दोहोरिने छैन ।

थापाले राप्रपा सरकारमा गए पनि राजसंस्थाको मुद्दा नछोडेको बताएका छन् । ‘सरकारमा गए पनि राप्रपाले एक निमेष पनि राजसंस्था र हिन्दुराष्ट्रको एजेन्डा छोडेको छैन र छोड्ने छैन,’ उनले भनेका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा