मनसुन सक्रिय भएसँगै देशभर वर्षा जारी छ ।
मनसुनी वायुकै प्रभावले आज देशका चार वटा प्रदेशमा ‘भारी’ वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हाल देशभर सामान्यदेखि पूर्ण बदली रही गण्डकी, लुम्बिनी प्रदेशका अधिकांश र बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
आज दिउँसो र राति कर्णाली प्रदेश, वाग्मती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा भारी वर्षाको सम्भावना छ ।
लुम्बिनी तथा गण्डकी प्रदेशको थोरै स्थानहरुमा भने ‘धेरै भारी’ वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । ‘धेरै भारी’ वर्षा भन्नाले १०० मिलिमिटरदेखि २०० मिलिमिटर सम्मको वर्षालाई भनिन्छ ।
कम्तीमा बिहीबारसम्म ठाउँठाउँमा निरन्तर वर्षाको सम्भावना रहेको मौसमविद् मञ्जु बासीले जानकारी दिइन् । ‘बिहीबार केही सुधार आउन सक्छ तर वर्षाभने रोकिदैन केही कम हुन सक्छ,’ बासीले भनिन् ।
यो क्रम शुक्रबारसम्म नै कायम रहने महाशाखाले बिहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।