बुधबार, कार्तिक १२ २०८३
ताजा अपडेट

२४ घण्टामा २ हजार ७४५ संक्रमित थपिए, ४१ जनाको मृत्यु


  • मंगलबार, असार १ २०७८
8.1K
SHARES

फाईल तस्बिर

नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ७४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ७ हजार ४४९ जनाको पीसीआर परीक्षणबाट १ हजार ६८१ र ५ हजार ८४१ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १ हजार ६४ जना गरी २ हजार ७४५ जना कोरोना संक्रमित थपिएका हुन् ।

पछिल्लो २४ घण्टामा थप ४१ जना कोरोना संक्रमितको मृत्यु भएको छ । सोही अवधिमा देशभरका विभिन्न अस्पतालबाट ४ हजार १८७ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । निको हुने दर ८८.३ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा