सेयर बजारमा ‘कर्नरिङ’ हुने गरेको नियामक निकाय नेपाल धितोपत्र बोर्डले पुष्टि गरेको छ । बोर्डले गरेको अध्ययनले ५१ वटा कम्पनीको सेयरमा कर्नरिङ भएको देखाएको छ ।
सेयर बजारमा ठूला र बाठा लगानीकर्ताहरुले चलखेल गरेर सेयर मूल्य बढाउने गरेको अध्ययन प्रतिवेदनले देखाएको छ ।
बोर्डले अध्ययन प्रतिवेदन तयार पारी अर्थमन्त्रलायलाई बुझाएको छ । अर्थमा बुझाएको प्रतिवेदनअनुसार केही सीमित व्यक्ति र समूहले ५१ वटा कम्पनीहरुको मूल्य अस्वभाविक रुपमा बढाएको देखिएको छ ।
‘सेयर मूल्य बढ्नु पर्ने केही आधारभूत पक्षहरु हुन्छन्, केही कम्पनीहरुको सेयर मूल्य बढ्नु पर्ने खास कारण नभए पनि बढाइएको पाइएको छ’ प्रतिवेदनमा भनिएको छ ।
सेयर बजार उच्च अंकमा पुगेका बेला जोखिम आँकलन गरेर मात्रै लगानी गर्न बोर्डले आग्रह गरेको छ। बोर्डले भनेको छ ‘बजार सधै बढिरहने मात्र नभई समय क्रममा घटबढ भइ रहने बजार हो, यस बजारमा हल्ला वा लहैलहमा लागेर लगानी गर्नु जोखिमयुक्त हुन्छ।’
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।