शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

गण्डकीमा नीति तथा कार्यक्रम पारित, आजै बजेट ल्याउने तयारी


  • मंगलबार, असार १ २०७८
11K
SHARES

तस्विरः फाइल

गण्डकी प्रदेश सरकारले प्रदेश सभा बैठकमा पेश गरेको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ। प्रदेश सभाको मंगलबार बिहानदेखि शुरु भएको बैठकमा नीति तथा कार्यक्रममा सांसदहरुले आ–आफ्नो धारणा राखेका थिए।

बैठकमा उठेका विषयमा मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले जवाफ दिएपछि नीति तथा कार्यक्रम पारित भएको हो।

प्रदेश सरकारले आगामी आर्थिक बर्षका लागि आजै बजट ल्याउने तयारी गरेको छ। अन्तर सरकारी वित्त व्यवस्थापन ऐन २०७४ ले प्रदेश सरकारले असार १ गते बजेट संसदमा पेश गर्नुपर्ने उल्लेख छ।

आगामी बर्षको बजेट चालु आर्थिक बर्षको भन्दा कम आउने भएको छ। चालु आर्थिक बर्षको बजेट ३४ अर्ब ८४ करोड रहेको थियो।

गत आर्थिक बर्ष धेरै बजेट खर्च हुन नसक्दा यस बर्षको बजेटको आकार बढेको थियो। गत बर्ष भन्दा यस बर्ष प्रदेशको बजेट धेरै खर्च भएको कोष तथा लेखा नियन्त्रकको कार्यालय गण्डकीले जनाएको छ।

गण्डकी सरकारले आगामी बर्षका लागि अन्तर सरकारी वित्तिय हस्तान्तरण मार्फत १३ अर्ब २ करोड रुपैयाँ पाउने नेपाल सरकारको बजेटमा उल्लेख।

जुन चालु आर्थिक बर्षको भन्दा ३३ करोड रुपैया कम हो । प्रदेशले समानीकरण अनुदानमा ७ अर्ब ४२ करोड पाएको छ भने शसर्त अनुदान ४ अर्ब १८ करोड पाएको छ।
यस्तै, विशेष अनुदानमा ५४ करोड र समपुर अनुदानमा ८७ करोड रुपैया पाएको छ। प्रदेश सरकारका मन्त्रीहरुलाई जिम्मेवारी तोकिएको नहुँदा आगामी बर्षको बजेट मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पेश गर्ने कार्यक्रम रहेको छ।

शनिबार साँझ नियुक्त भएका मुख्यमन्त्री नेपालीले सोही दिन चार जना मन्त्री नियुक्त गरेका थिए।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा