गण्डकी प्रदेशका नवनियुक्त मन्त्री दीपक मनाङेले राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश सिलवाल र बोर्ड सदस्य राजेश गुरुङप्रति आपत्तिजनक अभिव्यक्ति दिएका छन् ।
सो अभिव्यक्तिप्रति आपत्ति जनाउँदै राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले मन्त्री गुरुङमाथि कारवाही गर्न माग गरेको छ ।
समाजले पचाउन नसक्ने शब्दमा राखेप सदस्यसचिव रमेश सिलवाल र बोर्ड सदस्य गुरुङप्रति अमर्यादित टिप्पणी गरेको भन्दै राखेपले मनाङेलाई कानुनअनुसारको कारबाही गर्न माग गरेको हो ।
के भनेका थिए मनाङेले ?
मन्त्रीको शपथ लिएलगत्तै मनाङेले सञ्चारमाध्यमहरूलाई दिएको एक अन्तर्वार्तामा राखेप सदस्य सचिव सिलवाल पोखरा आउँदा बोर्ड सदस्य गुरुङले रक्सी र युवतीको बन्दोबस्त गर्ने गरेको आरोप लगाएका छन् ।
राखेप सदस्य सचिव सिलवाल र बोर्ड सदस्य राजेश गुरुङको सम्बन्धबारे मनाङेले भनेका छन्, ‘सिलवाल र यसको (राजेश गुरुङ)को सम्बन्ध राम्रो रहेछ । सिलवाल फेरि कस्तो रहेछ भने रक्सी र केटी भनेपछि पागल हुने । यिनीहरुले सबै प्रोभाइड गर्ने ।’
सिलवाल पोखरा आउँदा मोजमस्ती गर्न पाउने भएकाले राखेपले राजेश गुरुङलाई गण्डकी प्रदेशको सरकारी सम्पत्ति भोगचलन गर्न पाउने भनेर पत्र दिएको मनाङेको दाबी छ ।
मनाङेको यो अन्तर्वार्ता सामाजिक सञ्जालमा भाइरल बनेको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।