जनता समाजवादी पार्टी जसपाका संघीय परिषद् अध्यक्ष एवं पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले मुलुकप्रति गम्भीर घात हुन लागेको सूचना आफूले पाएको र त्यो सूचना प्रधानमन्त्री केपी शर्मा ओलीदेखि राजनीतिक दलका शीर्ष नेताहरूलाई जानकारी गराएको भनेर विभिन्न मिडियामा अभिव्यक्ति दिएको सुन्न र हेर्न सकिन्छ ।
तर मुलुक गम्भीर अवस्थामा जाने भनेको के हो भन्ने कुरा आम सर्वसाधारण जनताले भने बुझ्न सकेको पाइँदैन ।
हिजो एक टेलिभिजनको मुलुक गम्भीर अवस्थामा जाने भनेको के हो भन्ने प्रश्नमा,भट्टराईले भनेका छन मैले कुनै व्यक्ति विशेष र नेता विशेषलाई औँल्याएको नभई सन दुईहजार बिसको दशकमा हाम्रो हिमाली भेगमा भूराजनीतिक उथलपुथल भइरहेको छ र यसको असर हामीलाई पर्छ भनेर भन्न खोजेको बताएका हुन ।
एकापटी चिन र अमेरिकाको सित युद्ध र ईन्डो प्यासेफीक रणनीति र बिआरआईको बाछिटा हाम्रो मुलुकमा पर्न सक्छ भनेर साङ्केतिक रूपमा औँल्याएको बताएका हुन ।
डिप्लोम्यासीमा कयौँ कुरा सांकेतीक रूपमा भन्नु पर्ने बताउँदै केपी शर्मा ओलीको अहङ्कारले देश बरबादी तर्फ गएको आन्तरिक मामला भए पनि देशी बिदेसी तत्त्वको बाछिटा पर्छ भनेर जनतालाई प्रस्ट पारेको उनको भनाई थियो ।
बाह्य हस्तक्षेप बढ्ने खतरा रहेको तर्फ जोड दिँदै पूर्व ५ प्रधानमन्त्री हरुको सामूहिक वक्तव्य आएको समेत प्रस्ट पारेका छन् । ओलीले मार्ग प्रसस्थ गरेर देशलाई सहजता तर्फ लानु पर्ने उनको विशेष जोड थियो ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।