शनिबार, साउन ९ २०८३
ताजा अपडेट

युरो कप : घरेलु मैदानमा स्वीडेनसँग स्पेनको निराशाजनक बराबरी


  • मंगलबार, असार १ २०७८
9.3K
SHARES

फाइल तस्बिर

उपाधि दाबेदार मध्येको एक टिम स्पेनले युरो कप फुटबलमा आफ्नो पहिलो खेलमा निराशाजनक बराबरीमा रोकिएको छ ।

नेपाली समयअनुसार मंगलबार बिहान भएको समूह चरणको पहिलो खेलमा स्पेनलाई उसकै घरेलु मैदानमा पाहुना टोली स्वीडेनले गोलरहित ०–० को बराबरीमा रोकेर जितबाट रोक्न सफल भयो ।

स्पेनको सेभिल्लास्थित इस्टाडियो डे ला कार्टुजा रंगशालामा भएको खेलमा स्पेनले अनुभवी टोली स्पेनविरुद्ध खेलभरि नै चर्को दबाब बनाएर खेल पूर्ण रूपमा आफ्नो नियन्त्रण्मा राखे पनि गोल गर्न नसक्दा स्पेनले पहिलो खेलमा गोलविहीन बराबरीमा चित्त बुझाउन बाध्य भयो ।

स्पेनलाई गोलविहीन बराबरीमा रोक्नका लागि स्वीडेनका गोलकिपरले खेलभरि पर्खाल बनेर शानदार प्रदर्शन गर । उनले घरेलु टोलीका दर्जनौं प्रयासलाई असफल पारिदिए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा