शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

१९ प्रतिशतले बढ्यो रेमिट्यान्स, १० महिनामा भित्रियो ८०९ अर्ब


  • सोमबार, जेष्ठ ३१ २०७८
15K
SHARES

फाइल तस्बिर

कोरोना महामारीकाबीच विदेशबाट आउने रेमिट्यान्समा राम्रो सुधार देखिएको छ । चालु आर्थिक वर्षको १० महिना अर्थात वैशाख मसान्तसम्म ८ खर्ब ९ अर्ब ८९ करोड रुपैयाँ रेमिट्यान्स भएको छ ।

यो गत आर्थिक वर्षको वैशाखको तुलनामा १९.२ प्रतिशतले बढि हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ६.३ प्रतिशतले घटेको थियो ।

अमेरिकी डलरमा विप्रेषण आप्रवाह १६.१ प्रतिशतले वृद्धि भई ६ अर्ब ८७ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ७.६ प्रतिशतले घटेको थियो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा