शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

कोपा अमेरिका : अर्जेन्टिना र चिली प्रतिस्पर्धामा


  • सोमबार, जेष्ठ ३१ २०७८
11.1K
SHARES

फाइल तस्बिर

४७औँ संस्करणको कोपा अमेरिकाअन्तर्गत मङ्गलबार बिहान उपाधि दाबेदार मानिएका टोलीद्वय अर्जेन्टिना र चिलीले खेल्दै छन् । नेपाली समयानुसार भोलि बिहान २ः४५ बजे हुने उक्त खेल ब्राजिलको रियो दि जेनेरियोस्थित ओलम्पिक स्टेडियममा हुनेछ ।

यस खेलमा दुवै टोली एक–अर्कामाथि जित निकाल्दै सुखद सुरुआत गर्ने दाउमा हुनेछन् । अर्जेन्टिना र चिली समूह ‘बी’मा छन् । उक्त समूहमा उरुग्वे, पराग्वे, पेरु र बोलिभिया पनि छन् ।

उपाधि दाबेदार मानिएका कारण पनि अर्जेन्टिना र चिलीबीचको खेल रोमाञ्चक हुने अपेक्षा गरिएको छ । अघिल्लो संस्करणको कोपा अमेरिकामा अर्जेन्टिना र चिलीले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गरेका थिए । सो खेलमा अर्जेन्टिना २–१ गोलले विजयी भएको थियो ।

यस्तै अघिल्लो साता मैत्रीपूर्ण खेलमा पुनः दुई टोली आमने–सामने भएका थिए । जसमा दुवै टिमले १–१ गोलको बराबरी खेलेका थिए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा