शनिबार, साउन ९ २०८३
ताजा अपडेट

थपिए २९ सय १८ संक्रमित,५१ सय ४७ जना संक्रमणमुक्त


  • सोमबार, जेष्ठ ३१ २०७८
12.3K
SHARES

फाईल तस्बिर

देशभर पछिल्लो २४ घण्टामा थप दुई हजार ९ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार १४ हजार ८ सय १९ जनाको कोभिड परीक्षण गरिएको छ।

पछिल्लो समय पाँच हजार एक सय ४७ जना कोरोना संक्रमण मुक्त भएका छन्।

यो अवधिमा कोरोना संक्रमणबाट ५३ जनाको मृत्यु भएको छ। यससँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ८ हजार चार सय ६४ पुगेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ।

हालसम्म कोरोना संक्रमणबाट पाँच लाख ३६ हजार दुई सय ५२ जना निको भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ।

काठमाडौंमा तीन सय ९६,भक्तपुरमा ६६ र ललितपुरमा एक सय ४५ गरी उपत्यकामा जम्मा ६ सय ७ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा