शुक्रबार, असोज ३० २०८३
ताजा अपडेट

ज्ञानेन्द्र शाहीको समूहले मापसे गरेको प्रमाणित


  • सोमबार, जेष्ठ ३१ २०७८
17.3K
SHARES

फाइल तस्बिर

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१३ स्थित करेखोलामा स्थानीयसँग भिडन्त गरेका सामाजिक अभियान्ता ज्ञानेन्द्र शाहीको टोलीले मादक पदार्थ सेवन (मापसे) गरेको प्रमाणित भएको छ ।

गत शुक्रबार राति स्थानीय गाउँलेसँग राति ९ देखि २ बजेसम्म उनीहरूले भिडन्त गरेका थिए । त्यसक्रममा घाइते भएका उनीहरूलाई अस्पताल भर्ना गरिएको थियो । सोही राति अस्पतालमा उपचारको क्रममा प्रहरीले गरेको मापसे चेक जाँचमा ब्रेथलाइजरले उक्त पुष्टि गरेको हो ।

तर शाहीले आफूहरूले मद्यपान प्रयोग नगरेको र प्रहरीले ब्रेथलाइजरको टुप्पोमा स्यानिटाइजर दलेको कारण अल्कोहल पोजिटिभ देखिएको जिकिर गरेको सार्वजनिक भएको भिडियोमा सुन्न सकिन्छ ।

यसैबीच उक्त घटना मिलाउन आइतबार बेलुका १३ नम्बर वडा अध्यक्ष भुपेन्द्र दर्लामी, प्रहरी निरीक्षक कनक शाहीसँग अभियान्ता शाहीलगायत अन्य एक दर्जनको बैठक बसेको थियो । बैठकमा शाहीको टोलीले मिलापत्रका लागि निवेदन दिएपछि प्रहरी हिरासतमा रहेका युवाहरूले टाउको फुट्ने गरी कुटेकोमा गल्ती स्वीकार गरेका थिए ।

ज्ञानेन्द्र शाहीको टोलीले पनि गल्ती स्वीकार गरेपछि मिलापत्र गरिएको हो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा