शनिबार, साउन ९ २०८३
ताजा अपडेट

मेलम्चीको पानी करिब दुई महिना नआउने, खानेपानीले यसरी बाँढ्दै छ घरघरमा पानी


  • सोमबार, जेष्ठ ३१ २०७८
13.4K
SHARES

फाइल तस्बिर

काठमाडौं उपत्यकामा करिब दुई महिना मेलम्चीको पानी नआउने भएको छ ।

मेलम्चीको सुरूङ खाली गर्ने तथा मर्मत संहारका कारण नियमित आउँदै गरेको दैनिक १७ करोड लिटर पानी नआउने भएको हाे ।

उपत्यकामा पानी नआउने भएपछि खानेपानी लिमिटेडले खानेपानी वितरणको तालिकामा फेरबदल गरेको छ ।

मेलम्चीकाे सुरूङ खाली गर्ने तथा मर्मत संहारको लागि २ महिना लाग्ने मेलम्ची खानेपानी विकास समितिले जनाएकाे छ ।

जसअनुसार खानेपानीको तालिका फेरबदल गरेकाे खानेपानी लिमिटेड केयूकेएलले जनाएकाे छ । केयूकेएलकाअनुसार फेरबदल भएकाे तालिका मेलम्चीको मर्मत नसकिएसम्मको लागि हुनेछ ।

केयूकेएलले सोमबार जारी गरेको विज्ञप्ति जारी गरेर थोरैमा ४ दिनमा एकपटक र बढीमा १२ दिन बिराएर पानी वितरण गरिने जनाएकाे छ ।

नयाँ तालिकाअनुसार महांकाल, मीनभवन, ठिमी स्टेसनबाट वितरण हुने पानी ७ दिन बिराएर वितरण गरिनेछ भने बालाजु स्टेसनबाट वितरण हुने पानी ९ दिन बिराएर आउनेछ भने सबै ललितपुरबाट वितरण हुने पानी १२ दिन बिराएर आउनेछ ।

केयुकेएलकाअनुसार सबैभन्दा कम भक्तपुर स्टेसन भएर वितरण हुने पानी भने ४ दिन बिराएर दिइनेछ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा