रेष्टुरेण्ट व्यवसायीले रेष्टुरेण्ट क्षेत्रमा कार्यरत मजदुरलाई कोरोना खोप माग गर्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री शेर बहादुर तामाङंलाई ज्ञापन पत्र बुझाएका छन् ।
लकडाउनले आर्थिक मारमा परेका रेष्टुरेण्ट क्षेत्रमा कार्यरत मजदुरले खोप नपाउँदा दोहोरो मार परेको भन्दै व्यवसायीले स्वास्थ्यमन्त्रीलाई ज्ञापन पत्र बुझाएका हुन् ।
‘कोरोनाले रेष्टुरेण्ट व्यवसाय तथा यसमा आवद्ध श्रमीकहरु विशेष मारमा परेको र जीवनयापन गर्न असहज वातावरण सिर्जना भएको जानकारी गराउँदै उनीहरुको हक हित र सुरक्षाका लागि सम्पूर्ण श्रमजीविलाई यथाशिघ्र प्राथमिकतामा राखेर कोभिड खोप उपलब्ध गराउन माग गर्दछौं,’ ज्ञापनपत्रमा लेखिएको छ ।
स्वास्थ्यमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै द बर्गर हाउस एण्ड क्रन्चि फ्राईड चिकेन समुहका संस्थापक वसन्त लामाले भने, ‘गत वर्षदेखि नै हामी लक डाउनको मार खेपिरहेका छौ ।
त्यसमाथि हाम्रा श्रमजीविले समयमै खोप नपाउँदा हाम्रो व्यवसाय र लाखौं मानिसको जीवन असुरक्षित भएको छ ।’ विभिन्न उमेर समुह र फ्रन्ट लाईनरले खोप पाउँदा मुलुकको आर्थिक क्षेत्रमा ठूलो योगदान गर्ने रेष्टुरेण्ट क्षेत्रलाई भने ओझेलमा पारिएको प्रति गुनासो पनि गरेका छन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।