बुधबार, कार्तिक १२ २०८३
ताजा अपडेट

देशभर मनसुन सक्रिय, बुधबारसम्म ‘भारी’ वर्षाको सम्भावना


  • सोमबार, जेष्ठ ३१ २०७८
8.9K
SHARES

फाईल तस्बिर

शुक्रबार नेपालको पूर्वी भूभागमा प्रवेश गरेको मनसुन देशभर सक्रिय बनेको छ ।

आइतबार मनसुन देशभर सक्रिय बनेसँगै देशका अधिकांश स्थानमा वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही वाग्मती, गण्डकी, लुम्बिनी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही र बाँकी प्रदेशका एक-दुई स्थानहरुमा वर्षा भइरहेको छ ।

आज दिउँसो र राति प्रदेश- १, प्रदेश- २, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानहरुमा भारी वर्षाको सम्भावना छ । यो क्रम आगामी बुधबारसम्म जारी रहने महाशाखाले विहान जारी गरेको मौसम पूर्वानुमान वुलेटिनमा उल्लेख छ ।

भारी वर्षाको अनुमानसँगै महाशाखाले सतर्कता अपनाउन पनि आह्वान गरेको छ ।

‘देशका धेरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षा तथा प्रदेश नं १, प्रदेश नं २, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशका एक-दुई स्थानहरुमा भारी बर्षाको समेत सम्भावना देखिएकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ,’ महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा