बुधबार, कार्तिक १२ २०८३
ताजा अपडेट

काठमाडौँको निषेधाज्ञामा के के गरे हुँदैन कारबाही  ? (सूचीसहित)


  • सोमबार, जेष्ठ ३१ २०७८
9.9K
SHARES

फाइल तस्बिर

काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा खुकुलो बनाउँदै एक साता लम्बाइएको छ ।

असार ७ गतेसम्म लम्ब्याइएको निषेधाज्ञामा यसअघि प्रतिबन्ध गरिएका कतिपय काम गर्न खुला गरिएको छ ।

के के गरे हुँदैन कारबाही  ?

मंगलबारदेखि लागू हुने निषेधाज्ञामा खाद्यान्न, किराना र डिपार्टमेन्टल स्टोरसहित तरकारी, मासु र दुग्धजन्य पदार्थको विक्री तथा वितरण गर्ने पसलहरू बिहान ११ बजेसम्म खोले अब कारबाही हुँने छैन ।  यसअघि विहान ९ बजेसम्म मात्र खोल्न दिने निर्णय भएको थियो ।

त्यस्तै अनलाइन मार्फत सेवा सुविधा बिहान सात देखि बेलुका सात बजेसम्म दिन पाइने भएको बताइएको छ। त्यसै गरी निर्माण सामग्रीको पसल समेत अपरान्ह ४ बजेपछि  खोल्न दिने निर्णय गरिएको छ ।

होटल बन्द गर्ने तर होम डेलिभरी गर्न दिने निर्णय भएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीले जानकारी दिए ।कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले उपत्यकामा वैशाख १६ गतेबाट निषेधाज्ञा जारी गरेको थियो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा