चीनले अनुदानमा १० लाख डोज भेरोसेल खोप उपलब्ध गरायो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ६० देखि ६४ वर्ष उमेर समूहका जेष्ठ नागरिकलाई दिने निर्णय पनि गर्यो त्यसै अनुरुप खोप जिल्ला जिल्ला पठायो ।
तर बिडम्बना आाज स्थानीय तहरुको अगुवाइमा चलिरहेको अभियानका क्रममा खोपको दुरुपयोग भएको पाइएको समाचार बाहिरीएका छन । कतिसम्म भने उदयपुरको बेलका नगरपालिकाले राजनीतिक दलहरुलाई कोरोना खोप भागवण्डा नै लगाएको पाइएको छ ।
मेयर दुर्गाप्रसाद थापाले वडा कार्यालयहरुमा पठाएको पत्रमा राष्ट्रिय मान्यता पाएका दलका १०र१० जना र स्थानीय तहका ३र३ जनालाई खोप दिन भनिएको छ । मेयरको पत्रमा यसअघि छुटेका स्वास्थ्यकर्मी, सफाइकर्मी, एम्बुलेन्स चालक, शव वाहान, नागरपालिकाका कर्मचारी, पत्रकार, निजामती कर्मचारी, नेपाल प्रहरीलाई पनि कोरोना खोप दिन भनिएको छ ।
जबकी जेष्ठ २३ गते कोभिड खोप समन्वय तथा अनुगमन समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी तुलसी राम सेढाईको संयोजकत्वमा बसेको बैठकले ६२ वर्षदेखि ६४ वर्षसम्मका उमेर समूहलाई मात्र खोप लगाउने निर्णय गरेको थियो ।
त्यही पत्रका आधारमा पहुँचवालाहरुले २७ गते कोरोना खोप लगाएको पाइएको छ ।

खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।