बुधबार, कार्तिक १२ २०८३
ताजा अपडेट

मन्त्रिपरिषद समावेदशी बनाउन प्रदेश प्रमुखको मुख्यमन्त्रीलाई पत्र


  • आइतबार, जेष्ठ ३० २०७८
5.9K
SHARES

फाइल तस्बिर

प्रदेश प्रमुख डा. राजेश अहिराज झाले मन्त्रिपरिषद् समावेशी बनाउन मुख्यमन्त्री लालबाबु राउतलाई पत्राचार गरेका छन् ।

संघीयताको मर्म विपरीत मन्त्रिपरिषद विस्तार भएको भन्दै प्रदेश प्रमुख झाले समावेशी बनाउन मुख्यमन्त्रीलाई पत्र पठाएका हुन् ।

मुख्यमन्त्री राउतले सात्तारुढ दलकै चार मन्त्रीलाई पदमुक्त गरी कांग्रेसलाई सरकारमा सहभागी गराएपछि प्रदेश प्रमुख झाले वर्तमान मन्त्रिमण्डल समावेशी चरित्रको नभई संघीयताको मर्म विपरीत रहेको जिकिर गरेका छन् ।

महिला र पहाडी समुदायलाई समेत सहभागी गराएर मन्त्रिपरिषद बनाउनुपर्ने मुख्यमन्त्री राउतलाई पठाएको पत्रमा उल्लेख छ ।

प्रदेशभित्र रहेका पहाडी समुदाय, दलित र महिलाको समावेशिताप्रति प्रदेश सरकारको भूमिका प्रष्ट नरहेको पत्रमा उल्लेख गरिएको छ ।

संघीयता र समावेशिताका मूल मर्मअनुसार सरकार चल्न नसके गणतन्त्रका साथै संघीयतामाथि विश्वास घट्ने भन्दै सरकारको ध्यानकष्र्ण गराएका छन् ।

संघीयता र समावेशी हुने गरी पुनः मन्त्रिपरिषद् गठन गर्न सरकारलाई निर्देशन दिइएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा