जनता समाजवादी पार्टी (जसपा) को लुम्बिनी प्रदेश संसदीय दलले सरकारले पेश गरेको नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्न आफ्ना सांसदहरुलाई ह्वीप जारी गरेको छ । लुम्बिनी प्रदेशमा आज नीति तथा कार्यक्रम पारित गर्ने कार्यसूची रहेको छ । सरकारका तर्फबाट प्रदेश प्रमुख धर्मनाथ यादवले गत २५ जेठमा प्रदेशसभामा नीति तथा कार्यक्रम पेश गरेका थिए ।
जसपाले नीति तथा कार्यक्रम समयसापेक्ष र जनपक्षीय नरहेको भन्दै आफ्ना सांसदहरूलाई विपक्षमा मतदान गर्न ह्वीप जारी गरेको हो । जसपा संसदीय दलकी प्रमुख सचेतक पूर्मति ढेंगा मगरले पार्टीका ६ जना सांसदहरुलाई पत्र पठाइ विपक्षमा मतदान गर्न ह्वीप जारी गरेकी छन् ।

खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।